नेपाली

दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष तथा माल्दिव्सका राष्ट्रपति बीच बधाई सन्देश आदानप्रदान

CRI2022-10-14 16:00:34

चीन र माल्दिव्स बीच दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा अक्टोबर १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र माल्दिव्सका राष्ट्रपति इब्राहीम मोहमद सोलीहले एक अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी जनाउनुभएको छः दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षमा एक अर्काको आदर गर्दै ठूलो र सानो मुलुक बीच समानता र साझा जीतको सम्बन्धको नमूना बनेको छ।

आपसी सम्बन्धको विकासमा महत्व दिँदै राष्ट्रपति सोलीहसँगै मिलेर भविष्यउन्मुख चौतर्फी मैत्रीपूर्ण सहयोगात्मक साझेदारी सम्बन्धलाई स्थिर रूपमा अघि बढाउने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

माल्दिव्सका राष्ट्रपति सोलीहले आफ्नो सन्देशमा यसरी औँल्याउनुभयोः माल्दिव्सको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा चीनले ठूलो योगदान दिइरहेको छ।

५० वर्षदेखिको दीर्घकालीन मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई अझ गहन रूपमा विकास हुने विश्वास पनि उहाँले गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn