नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चिनियाँ अन्तर्राष्ट्रिय दिगो यातायात नवप्रवर्तन तथा बौद्धिक केन्द्रको स्थापनको अवसरमा बधाई सन्देश

cri2022-10-14 10:56:19

अक्टोबर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ अन्तर्राष्ट्रिय दिगो यातायात नवप्रवर्तन तथा बौद्धिक केन्द्रको स्थापनाको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ अन्तर्राष्ट्रिय दिगो यातायात नवप्रवर्तन तथा बौद्धिक केन्द्रको स्थापना संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास विषयसूचिको समर्थन दिने महत्वपूर्ण कदम भएको भन्दै चीनले विभिन्न मुलुकसँग मिलेर चिनियाँ अन्तर्राष्ट्रिय दिगो यातायात नवप्रवर्तन तथा बौद्धिक केन्द्रको चौतारोमार्फत विश्वको यातायातको सहकार्यलाई बढाउने, विश्व विकास प्रस्तावलाई अगाडि बढाउने, संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास विषयसूचिलाई व्यवहारमा उतार्ने र मानव भाग्य समुदायको सिर्जना गर्नका लागि योगदान दिने आशा लिएको उल्लेख गर्नुभएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय दिगो यातायात नवप्रवर्तन तथा बौद्धिक केन्द्रको स्थापना समारोह सोही दिन पैचिङमा आयोजना भएको छ।

Close
Messenger Pinterest LinkedIn