नेपाली

चीन र जर्मनका नेताहरुबीच बधाई सन्देश

CRI2022-10-11 20:05:46

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र जर्मनी राष्ट्रपति स्टाइन मेयरले आपसी बधाई सन्देश पठाउँदै आपसी दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार बितेका ५० वर्ष यता चीन र जर्मनीले पारस्परिक सम्मान, साझा हित तथा फाइदाको भावना लिँदै विश्वशान्ति तथा विकासका लागि सकारात्मक योगदान सिर्जना गर्दै आएका छन्। जर्मनीसँगको सम्बन्धको विकासलाई निकै जोड दिँदै राष्ट्राध्यक्ष सीले राष्ट्रपति स्टाइन मेयरसँग उक्त ५०औँ वार्षिकोत्सवलाई अवसरका रुपमा आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको प्रवर्द्धन गर्न प्रयास गर्दै जाने आशा गर्नुभएको छ।

यसैगरी जर्मन राष्ट्रपति स्टाइन मेयरका अनुसार ५० वर्ष यता जर्मन र चीनबीचको सम्बन्ध बहुपक्षीय तथा गहन रुपमा विकसित भैरहेको छ। चीन जर्मनीको पहिलो ठूलो व्यापारिक साझेदार हो। आर्थिक तथा व्यापारिक सहयोग यी दुबै राष्ट्रको हितअनुकूल छ भने आपसी सहयोग निरन्तर धुमधामसँग विकसित हुँदै जाने आशा राष्ट्रपति स्टाइन मेयरले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn