नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको सातौँ पूर्ण बैठक आयोजित

cri2022-10-09 14:35:44

चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको सातौँ पूर्ण बैठक अक्टुबर ९ तारिख बिहान पैचिङमा आयोजना भएको छ। केन्द्रिय समितिका महासचिव सी चिनफिङले केन्द्रिय राजनैतिक व्यूरोको तर्फबाट पूर्ण बैठकसमक्ष कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

१९औँ केन्द्रिय समितिले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनलाई दिने प्रतिवेदनको मसौदाबारे उहाँले बैठकमा जानकारी दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका स्थायी सदस्य वाङ हु निङले ‘चिनियाँ कम्युनिष्ट पार्टीको नियम(संशोधित संस्करण)’को मसौदाबारे उक्त बैठकमा जानकारी दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn