नेपाली

राष्ट्रनायकको कूटनीतिबाट चीन र पाकिस्तानबीचको मित्रता अझै बलियो

CRI2022-10-02 16:30:33

हालैका वर्षहरूयता चीन र पाकिस्तानबीचको सम्बन्ध निरन्तर रुपमा बलियो भैरहेको छ। दुई मुलुकको मैत्रीपूर्ण आदान-प्रदानमा राष्ट्रनायक कूटनीतिले दुई मुलुकको सम्बन्धको विकासका लागि निर्देशकीय भूमिका निर्वाह गरेको छ

सन् २०१५ अप्रिल महिनामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाकिस्तानलाई वार्षिक भ्रमणको पहिलो मुलुकको रुपमा अपनाउनुभएको थियो। पाकिस्तानी सञ्चार-माध्यमहरूले यस पटकको भ्रमणबारे जानकारी दिँदै “अभूतपूर्व” भन्ने शब्दको प्रयोग गरेका थिए।

चिनियाँ जनताले कोरोना भाइरस महामारीको प्रतिरोध गरेको बेलामा पाकिस्तानी राष्ट्रपतिले चीनको भ्रमण गर्नुभयो र चीनको समर्थन दिने कुरा प्रकट गर्नुभयो। पाकिस्तानले चीनलाई पाकिस्तानका सबै मास्क प्रदान गरेको थियो। चालू वर्षको गृष्म ऋतुमा पाकिस्तानमा बाढी प्रकोप देखापरेको थियो। चीनले पाकिस्तानलाई ४० करोड चिनियाँ युआनको उद्धार सामग्री प्रदान गरेको थियो।

राष्ट्राध्यक्ष सीले चीन-पाकिस्तान आर्थिक करिडोरको उच्च मूल्यांकन गर्नुभयो। उहाँले पाकिस्तान “बेल्ट एण्ड रोड”को महत्वपूर्ण मुलुक भएको बताउँदै चीन-पाकिस्तान आर्थिक करिडोर “बेल्ट एण्ड रोड” निर्माणको महत्वपूर्ण परियोजना भएको बताउनुभयो। चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणको सफल अनुभव चीनले “बेल्ट एण्ड रोड”आबद्ध मुलुकहरूसितको सहयोगलाई अगाडि बढाउनका लागि अर्थपूर्ण रहने सीले उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn