नेपाली

जन गणतन्त्र चीन स्थापनाको ७३औं वार्षिकोत्सव मनाउन चिनियाँ राज्य परिषदद्वारा एक समारोहको आयोजना

CRI2022-10-01 16:37:07

जन गणतन्त्र चीन स्थापना भएको ७३औं वार्षिकोत्सव मनाउनका लागि सेप्टेम्बर ३० तारिख राति चिनियाँ राज्य परिषदले जनबृहत् सभाभवनमा एक समारोहको आयोजना गरिएको छ। सी चिनफिङ, ली खछ्याङ, ली चानशु, वाङयाङ, वाङ हुनिङ, चाउ ल ची, हान चङ, वाङ छिशान लगायत नेतागण र लगभग ५०० जना गण्यमान्य व्यक्तिहरू सो समारोहमा उपस्थित भएका थिए।

प्रधानमन्त्री ली खछ्याङले सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र राज्य परिषदको प्रतिनिधित्व गरेर चीनका विभिन्न जातीय जनतालाई महोत्सवको शुभकामना, हङकङ तथा मकाउका देशबन्धुहरू, थाइवानका देशबन्धु र विदेशमा बसोबासरत चिनियाँहरूलाई हार्दिक अभिवादन गर्दै चिनियाँ आधुनिकीकरणको निर्माण कार्यलाई समर्थन दिने अन्तर्राष्ट्रिय मित्रहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn