नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्च स्तरिय मञ्चलाई बधाई सन्देश

cri2022-09-29 10:24:44

सेप्टेम्बर २८ तारिख चीन अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्च स्तरीय मञ्च पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम् प्रचार-प्रसार विभागका मन्त्री ह्वाङ खुनमिङले मञ्चमा सहभागी हुँदै राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश पढेर सुनाउनुभएको छ।

यसै गरी, चीनका लागि अर्जेन्टिनाका राजदूत न्यु वाङताउले पनि अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजको बधाई सन्देश पढेर सुनाउनुभएको छ।

मन्त्री ह्वाङ खुनमिङले राष्ट्राध्यक्ष सी र राष्ट्रपति फर्नान्डेजका बधाई सन्देशबाट दुई मुलुकका नेतागणले नयाँ युगमा चीन अर्जेन्टिना सहयोगमा उच्च ध्यान दिनुका साथै दुई पक्षीय मानव सांस्कृतिक आदानप्रदान र सहयोगलाई अघि बढाउने उच्च अपेक्षा लिनुभएको औँल्याउनुभएको छ।

यो मञ्च सन् २०२२ चीन अर्जेन्टिना मैत्रीपूर्ण सहयोगात्मक वर्ष श्रृंखलाबद्ध गतिविधि मध्येको एक हो। चाइना मिडिया ग्रुप तथा अर्जेन्टिना सामाजिक सञ्चार माध्यम राष्ट्रिय परिषद् सचिवालयद्वारा संयुक्त रूपमा आयोजित उक्त मञ्चमा दुई मुलुक तथा सम्बन्धित मुलुकका १ सयभन्दा बढी प्रतिनिधिहरूले भाग लिएका छन्।

Close
Messenger Pinterest LinkedIn