नेपाली

सी चिनफिङद्वारा चिनियाँ समाचार एजेन्सीको ७० औँ वार्षिकोत्सवलाई बधाई सन्देश

cri2022-09-23 18:18:52

चिनियाँ समाचार एजेन्सी स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ समाचार एजेन्सीका सबै कमरेडहरूलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा सी चिन फिङले विगत ७० वर्षदेखि चीनको समाचार एजेन्सीले देशभक्तिपूर्ण रिपोर्टिङ नीतिको पालना गरेको, विदेशमा रहेका चिनियाँहरूको सेवामा जोड दिएको र चिनियाँ कथा सुनाउन र चिनियाँ आवाजलाई राम्रोसँग फैलाउन सक्रिय भूमिका खेलेको कुरा उल्लेख गर्नु भएको छ। चिनियाँ समाचार एजेन्सीले आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सवलाई नयाँ सुरुवात बिन्दुको रूपमा लिने, अन्तर्राष्ट्रिय सञ्चारको प्रवचन प्रणालीलाई नयाँ बनाउने, एकीकरण र विकासको गति बढाउने र अन्तर्राष्ट्रिय सञ्चार क्षमताहरूमा सुधार गर्ने सी चिनफिङले आशा व्यक्त गर्नभएको छ।

चिनियाँ समाचार एजेन्सी चिनियाँ प्रेस र विदेशी चिनियाँ सर्कलका सेलिब्रेटीहरूद्वारा सुरु गरिएको थियो र आधिकारिक रूपमा सन् १९५२ को अक्टोबर १ तारिखमा स्थापना भएको थियो।

Close
Messenger Pinterest LinkedIn