नेपाली

सीद्बारा राष्ट्रिय रक्षा र सैन्य सुधार सम्बन्धी गोष्ठीमा महत्वपूर्ण निर्देशन

cri2022-09-21 19:54:42

सेप्टेम्बर २१ तारिख पैचिङमा राष्ट्रिय रक्षा र सैन्य सुधार गोष्ठी आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त गोष्ठीलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि नै पार्टीको केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगले अभूतपूर्व दृढता र शक्तिका साथ सैन्य सुधार र सुदृढीकरणको रणनीतिलाई पूर्णरूपमा लागू गरेको छ। यसको सुधार गहिराइमा ऐतिहासिक उपलब्धि हासिल गरेको कुरामा उहाँले जोड दिनुभयो।

गोष्ठीले राष्ट्राध्यक्ष सीबाट महत्वपूर्ण निर्देशनहरू प्राप्त गर्दै महत्वपूर्ण ज्ञान प्राप्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष स्यु छि ल्याङले राष्ट्रिय रक्षा र सैन्य सुधारको यस चरणका प्रमुख उपलब्धि र अनुभवहरू सङ्केत गर्नुभयो र अनुगमनको सुधार योजना कार्यलाई परिचालन गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn