नेपाली

नेपालको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा हार्दिक शुभकामना व्यक्त

CRI2022-09-20 11:19:17

सेप्टेम्बर २० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले यसरी औंल्याउनुभएको छ- चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी हुन्। अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि हामी दुई देश सँधै एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्ने गर्छौं। बेल्ट एण्ड रोड अवधारणाको उच्च गुणस्तरिय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ। यसै क्रममा आपसी राजनैतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ। चीन-नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ।

Close
Messenger Pinterest LinkedIn