नेपाली

सी चिनफिङद्वारा सातौँ चीन-युरेशिया एक्स्पोलाई बधाइ सन्देश

cri2022-09-19 18:43:31

सेप्टेम्बर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सातौँ चीन-एशिया तथा युरोप एक्स्पोलाई बधाइ सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले युरेशियामा जीवित तथा संभावित शक्ति रहेकाले बीआरआई अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण क्षेत्र रहेको भन्दै केही वर्षयता चीनको सिनच्याङले महत्वपूर्ण लाभ लिएर सिल्क रोडको आर्थिक बेल्टको मुख्य क्षेत्रको रचनालाई सक्रिय रूपमा बढाएको बताउनुभयो। उहाँले चीन र युरेशियाका विभिन्न मुलुकबीचको आदान-प्रदान र सहयोग विकासलाई प्रबर्द्धन गरेबाट सक्रिय उपलब्धि हासिल भएको पनि उल्लेख गर्नुभयो।

चीनले विभिन्न मुलुकसँग मिलेर चीन-युरेशिया एक्स्पोको आधारमा सिल्क रोड भावना लिएर एशिया र युरोपको सहयोगलाई उकासी साझा समृद्धिलाई बढाउने इच्छा लिएको नेता सीले दोहोर्याउनुभयो।

सातौँ चीन-युरेशिया एक्स्पो सेप्टेम्बर १९ तारिख सिनच्याङको उरूमुछीमा सुरू भएको छ।

Close
Messenger Pinterest LinkedIn