नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानसँग भेटवार्ता

cri2022-09-16 14:40:29

सेप्टेम्बर १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेष्ट हाउसमा टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले हाल अन्तर्राष्ट्रिय समाजसमक्ष धेरै अवसरका साथै धेरै चुनौति पनि देखिएकोले चीन र टर्की दुवै विकासोन्मुख र नयाँ उदीयमान मुलुकका रूपमा दुवैले आफ्नो अधिकारको संरक्षण गर्ने, विकास र पुनरूत्थान खोज्ने, अन्तर्राष्ट्रिय न्यायको संरक्षण गर्ने आदि क्षेत्रमा संयुक्त हित रहेको औँल्याउँदै चीनले टर्कीसँग चीन टर्की रणनैतिक सहयोगात्मक सम्बन्धलाई उच्च स्तरमा विकास गर्न चाहेको बताउनुभएको छ।

टर्कीका राष्ट्रपति एर्दोगानले एक चीन नीतिको अडिगताका साथ पालना गर्दै टर्कीको‘मध्य कोरिडर योजना’तथा‘बेल्ड एण्ड रोड’प्रस्तावलाई उच्च प्राथमिकतामा राखेर दुई मुलुकको रणनीतिलाई जोडेर दुवैको विकास र पुनरूत्थानलाई अघि बढाउन चाहेको व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn