नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र इरानी राष्ट्रपतिबीच भेटवार्ता

cri2022-09-16 14:36:45

सेप्टेम्बर १६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेष्ट हाउसमा इरानी राष्ट्रपति सइद एब्राहिम राइसीसँग भेटवार्ता गर्नुभएको छ।

यस अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन र इरानबीचको मैत्रीपूर्ण सम्बन्धले अन्तर्राष्ट्रिय जटिल चुनौति पार गरेको छ। चीन इरान चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकास तथा यसलाई सुद्दढ पार्ने विषय दुबै मुलुकको साझा रणनीतिक छनौट हो। चीनले इरानलाई राष्ट्रिय सार्वभौमिकता र जातीय सम्मानताको संरक्षण गर्न समर्थन दिँदै जाने छ। यी दुवै पक्षहरुले बेल्ट एण्ड रोड सम्बन्धी सहयोगको सकारात्मक निर्माण गर्दै अझ बढी सहयोगात्मक उपलब्धि हासिल गर्नसक्छन्।

राष्ट्रपति राइसीका अनुसार राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीनले राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षण गर्दै आधुनिक राष्ट्रको निर्माणलाई साकार तुल्याउने इरानको विश्वास छ। चीनले अन्तर्राष्ट्रिय मामिलामा निष्पक्षता र न्यायलाई कायम गरेकोमा इरानले चीनलाई धन्यवाद व्यक्त गर्दछ। इरान शाङ्हाई सहयोग सँगठनको एक सदस्य बन्ने छ। इरानले बेल्ट एण्ड रोड निर्णय प्रस्तावको निर्माण, विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहलको सँयुक्त निर्माणमा समर्थन दिँदै जाने छ।

Close
Messenger Pinterest LinkedIn