नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता

cri2022-09-16 10:39:02

स्थानीय समय सेप्टेम्बर १५ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द राष्ट्रिय होटलमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरी चीन रूस सम्बन्ध र साझा अभिरूचिका अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा वैचारिक आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले यस वर्षमा चीन तथा रूसले फलदायी रणनैतिक आदानप्रदान गरेर विभिन्न क्षेत्रको सहयोगलाई स्थिर रूपमा अघि बढाइएको औँल्याउँदै अन्तर्राष्ट्रिय मामिलामा घनिष्ठ समन्वय गरी अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको संरक्षण गरेको बताउनुभएको छ। दुई पक्षले शाङहाई सहयोग संगठन, ब्रिक्स मुलुक आदि बहुप्रारूपमा रहेको समन्वय र सहयोगलाई सबल पार्न जोड दिँदै राष्ट्राध्यक्ष सीले विकासोन्मुख मुलुक र नयाँ उदीयमान मुलुकको साझा हितको संरक्षण र विस्तृत बनाउने कुरा व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिँदै राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीनको आर्थिक सामाजिक विकासमा निरन्तर नयाँ उपलब्धि हासिल गर्ने विश्वास लिएको व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn