नेपाली

चीन-रूस-मङ्गोलिया नेताको छैठौँ वार्तामा राष्ट्राध्यक्ष सी चिनफिङ उपस्थित

CRI2022-09-16 10:15:35

सेप्टम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ समरकन्द स्टेट गेष्ट हाउसमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, मङ्गोलियाका राष्ट्रपति उखनागलिन खुरेल्सुहसँग चीन-रूस-मङ्गोलिया नेताको छैठौँ वार्तामा सहभागी हुनुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चीन-रूस-मङ्गोलिया सहयोगबारे चार बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छः एक, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वय र सहयोग बढाउने, दुई, शाङहाइ सहयोग संगठन प्रारूपभित्रको सहयोगलाई बढाउने, तीन, चीन-मङ्गोलिया-रूस आर्थिक कोरिडर निर्माणसम्बन्धी सम्पन्न भइसकेका सहमतलाई व्यवहारमा उतार्ने र चार, त्रिपक्षीय सहयोगबाट थप उपलब्धि हासिल गर्ने।

यसै गरी, राष्ट्रपति पुटिनले तीन मुलुकका व्यवसायीबीचको आदान-प्रदान र सहयोगलाई प्रोत्साहण र समर्थन गर्नुपर्ने व्यक्त गर्नुभयो।

मङ्गोलियाका राष्ट्रपति खुरेल्सुहले वर्तमान जटिल अन्तर्राष्ट्रिय स्थितिमा त्रिपक्षीय सहयोगलाई बढाउनु एकदमै महत्वपूर्ण भएको बताउनुभयो।

तीन पक्षले चीन-मङ्गोलिया-रूस आर्थिक कोरिडर निर्माण योजना रूपरेखालाई अरू पाँच वर्ष लम्ब्याउने, चीन-मङ्गोलिया-रूस आर्थिक कोरिडरको मध्य भाग रेलमार्गको स्तरोन्नति र विकास सम्भाव्यता अध्ययनको औपचारिक रूपमा सुरू गर्ने, चीन-रूस प्राकृतिक ग्यास पाइप मङ्गोलियामार्फत ट्रान्जिट निर्माण कार्यक्रमलाई बढाउने निर्णय गरेका छन्।

Close
Messenger Pinterest LinkedIn