नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अजरबैजानका राष्ट्रपतिसँग भेट

CRI2022-09-16 10:14:20

सेप्टम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेष्ट हाउसमा अजरबैजानका राष्ट्रपति इहाम हेयदार ओग्लु आलियेभसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले अजरबैजान जनता आफैँले छानेको विकास बाटोलाई समर्थन गरेको तथा दुई पक्षले रणनीतिक उचाइबाट दुई देश बीचको सम्बन्धलाई हेर्ने र विकास गर्नुपर्छ भन्दै आपसी रणनीतिक विश्वास र सहयोगलाई बढाउनुपर्ने दोहोर्याउनुभयो।

राष्ट्रपति आलियेभले एक चीन नीतिमा अजरबैजान अडिग रहेको र राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, भूअखण्डताको संरक्षण गर्न चीनलाई दृढ समर्थन दिनुका साथै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनलाई विभाजित गर्ने कुनै पनि गतिविधिको कडा विरोध गर्ने व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn