नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मङ्गोलियाका राष्ट्रपतिसँग भेट

CRI2022-09-16 10:13:15

सेप्टम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेष्ट हाउसमा मङ्गोलियाका राष्ट्रपति उखनागलिन खुरेल्सुहसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले चीन-मङ्गोलिया सम्बन्धलाई छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको भन्दै चीनले मङ्गोलियासँग परम्परागत मित्रतालाई विकास गरी चीन-मङ्गोलिया चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उकास्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

राष्ट्रपति खुरेल्सुहले चीनले मङ्गोलियालाई महामारी नियन्त्रण उद्धार सामग्री सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो। एक चीन नीतिमा मङ्गोलिया अडिग रहेको र चीनको आन्तरिक मामिलामा हुने हस्तक्षेपको कडा विरोध गरेको पनि उहाँले व्यक्त गर्नुभयो। साथै राष्ट्रपति खुरेल्सुहले चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनको सफलताको कामना पनि गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn