नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बेलारूसका राष्ट्रपतिसँग भेट

CRI2022-09-16 10:12:03

सेप्टम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेष्ट हाउसमा बेलारूसका राष्ट्रपति अलेक्जान्डर ग्रिगोर्येभिच लुकाशेन्कोसँग भेट-वार्ता गर्नुभएको छ। दुई नेताले द्वीपक्षीय सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने निर्णय गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले बेलारूससँग आपसी राजनीतिक समर्थन, विभिन्न क्षेत्रका संभावित सहयोगलाई बढाएर दुई देशका जनतालाई बढी फाइदा पुर्याउने इच्छा लिएको उल्लेख गर्नुभयो।

राष्ट्रपति लुकाशेन्कोले बेलारूसले एक चीन नीति र थाइवानलगायत चिनियाँ केन्द्रीय विषयमा चीनको अडानमा अडिग रहेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनको सफलताको कामना पनि गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn