नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा तुर्कमेनिस्तानका राष्ट्रपतिसँग भेट

CRI2022-09-15 16:24:02

सेप्टम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेस्ट हाउसमा तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चीनले रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट चीन-तुर्कमेनिस्तान सम्बन्ध नियालिरहेको भन्दै तुर्कमेनिस्तानको आफ्नो विकास बाटोको छनौटको सम्मान गर्नुका साथै कुनै पनि बाह्य शक्तिले तुर्कमेनिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा चीनले विरोध गर्ने उल्लेख गर्नुभयो। चीनले तुर्कमेनिस्तानसँग आपसी समर्थनमा दुई देश बीचको सम्बन्धलाई अघि बढाएर दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा लिएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभले चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको सफलताको कामना गर्दै राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा महाधिवेशनले चीनको विकास खाका बनाएर अरू महान उपलब्धि हासिल गर्न चीनको नेतृत्व गर्ने विश्वास लिएको व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn