नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा किर्गिजस्तानका राष्ट्रपतिसँग भेट

CRI2022-09-15 16:22:49

सेप्टम्बर १५ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेस्ट हाउसमा किर्गिजस्तानका राष्ट्रपति सादिर नुर्गोझोएभिच जापारोभसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले किर्गिजस्तान आफैँले विकास बाटो छनौट गर्न र राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, सुरक्षाको संरक्षण गर्न चीनले दृढ समर्थन गर्नुका साथै कुनै बाह्य शक्तिले कुनै पनि तरिकामार्फत किर्गिजस्तानको आन्तरिक मामिलामा गरिने हस्तक्षेपको कडा विरोध गर्ने पनि बताउनुभयो। पहिला, अहिले र भविष्यमा पनि चीन किर्गिजस्तानको विश्वसनीय र भरपर्दो मित्र र साझेदारी हुने राष्ट्राध्यक्ष सीले दोहोर्याउनुभयो।

जापारोभले एक चीन नीतिमा किर्गिजस्तान अडिग रहनुका साथै थाइवान चीनको अविच्छिन्न भूभाग रहेको भन्दै थाइवान, सिनच्याङ, हङकङलगायत चिनियाँ केन्द्रीय हितसम्बन्धी मामिलामा चीनको अडानलाई दृढ समर्थन रहेको व्यक्त गर्नुभयो। उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको कामना पनि गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn