नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा समरकन्द पुगेर उज्वेकिस्तानको राष्ट्रिय भ्रमण गर्नुका साथै शाङहाई सहयोग संगठन राष्ट्रानायक परिषद् २२औँ सम्मेलनमा सहभागिता

cri2022-09-15 10:28:27

स्थानीय समयअनुसार सेप्टेम्बर १४ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा समरकन्द पुगेर उज्वेकिस्तानको राष्ट्रिय भ्रमण थाल्नुभएको छ। सो भ्रमण क्रममा, राष्ट्राध्यक्ष सीले शाङहाई सहयोग संगठन राष्ट्रानायक परिषद् २२औँ सम्मेलनमा पनि भाग लिनु हुनेछ।

राष्ट्राध्यक्ष सीको सम्मानमा उज्वेकिस्तानका राष्ट्रपति शौकत मिरोमोनोभिच मिर्जियोयेभले विमानस्थलमा भव्य स्वागत समारोहको आयोजना गर्नुभएको छ। सो समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन पनि गर्नुभएको छ। उहाँका अनुसार, चीन र उज्वेकिस्तान दुई मुलुक र जनताको मित्रता हजारौँ वर्षको इतिहास पार गरी अहिले पनि निरन्तर जीवन्त शक्ति थप्दैआएको छ। चीन उज्वेकिस्तान बीचको सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्ध द्रुत विकास बाटोमा भएकोले दुई मुलुकका जनतालाई हितकल्याण पुर्याउनुका साथै क्षेत्रीय स्थिरता र समृद्धीलाई प्रवर्द्धन गरेको छ।

राष्ट्राध्यक्ष सी र राष्ट्रपति मिर्जियोयेभ बीच १५ तारिख औपचारिक वार्ता हुने बताइएको छ।

Close
Messenger Pinterest LinkedIn