नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कजाकिस्तानको राजकीय भ्रमण गरेपछि चीन-कजाकिस्तान दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा संयुक्त वक्तव्य प्रकाशित

CRI2022-09-15 09:57:00

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १४ तारिख विशेष विमानद्वारा कजाकिस्तानको राजधानी नुर्सुल्तान अवस्थित नाजार्बायेभ अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कजाकिस्तानको राजकीय भ्रमण थाल्नुभएको छ। सो अवसरमा दुई नेताले औपचारिक वार्ता गरी जन गणतन्त्र चीन र गणतन्त्र कजाकिस्तान बीच दौत्य सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै जारी गर्नुभएको छ।

सो अवसरमा दुवै नेताले चीन-कजाकिस्तान बीच युगौँयुगको मित्रता र उच्च आपसी विश्वास रहेको उल्लेख गर्दै भाग्य समुदाय रचनाको प्रयास गर्ने घोषणा पनि गर्नुभएको छ।

वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना महामारी देखा परेयता आफ्नो पहिलो विदेश भ्रमणको रूपमा कजाकिस्तानको छनोट गरेबाट चीन कजाकिस्तान सम्बन्धको उच्च स्तर र विशेषता देखाइनुका साथै दुवै देश बीचको गहिरो मित्रता र भावना पनि प्रतिबिम्बित गरिएको औँल्याउनुभएको छ।

“अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तित भए तापनि चीनले दृढताका साथ देशको स्वतन्त्रता, सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको संरक्षण गर्न कजाकिस्तानलाई समर्थन गर्दै जाने छ।” उहाँले भन्नुभयो: “चीन सधैँ नै कजाकिस्तानको विश्वासिलो र भरपर्दो मित्र र साझेदार रहिरहने छ।”

दुई देशका सम्बद्ध विभागले आर्थिक तथा व्यापारिक, अन्तर्सम्बन्ध, बैङ्किङ, जल संरक्षण, संचार मिडियालगायत विभिन्न क्षेत्रका द्वीपक्षीय सहयोग पत्रमा हस्ताक्षर गरेका छन् साथै चीनको सीआन र कजाकिस्तानको अक्टोबेमा महावाणिज्य दूतावास राख्ने दुई पक्ष बीच निर्णय भएको छ।

सोहि दिन नुरसुल्तानमा रहेको राष्ट्रपति भवनमा कजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई “सुनौलो चील पदक” सम्मान समारोहको आयोजना गर्नुभएको छ।

“सुनौलो चील पदक” कजाकिस्तानको सर्वोच्च सम्मान हो। कजाकिस्तानसँग वैदेशिक मैत्रीपूर्ण सम्बन्धमा सक्रिय उपलब्धि हासिल गर्ने विदेशका राष्ट्रनायक लगायत कजाकिस्तानको राष्ट्रिय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ व्यक्तिलाई सो पदक तथा सम्मान दिने गरिन्छ।

Close
Messenger Pinterest LinkedIn