नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा उज्वेकिस्तानको सञ्चार माध्यममा हस्ताक्षर लेख प्रकाशित

cri2022-09-14 10:51:12

सेप्टेम्बर १३ तारिखबाट उज्वेकिस्तानका राष्ट्रपति शौकत मिरोमोनोभिच मिर्जियोयेभको निमन्त्रणामा उज्वेकिस्तानको राष्ट्रिय भ्रमण गर्नुका साथै शाङहाई सहयोग संगठन राष्ट्रानायक परिषद् २२औँ सम्मेलनमा सहभागि अगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उज्वेकिस्तान‘जनताको जनमत अखबार’, उज्वेकिस्तान राष्ट्रिय समाचार समिति आदि सञ्चार माध्यममा‘हातमा हात मिलाएर चीन उज्वेकिस्तान सम्बन्धको सुन्दर भविष्यको सिर्जना गर्ने’हस्ताक्षर लेख प्रकाशित गर्नुभएको छ।

चीन र उज्वेकिस्तान दुवै प्राचीन सभ्य मुलुक भएको र महान् सिल्क रोड दुई मुलुकका जनता बीच दुई हजार वर्ष लामो मैत्रीपूर्ण आदानप्रदानको साक्षी भएको र यस वर्ष चीन उज्वेकिस्तानको दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सव भएको तथा ३० वर्षयता दुई पक्षले विभिन्न क्षेत्रका सहयोगमा प्रशस्त उपलब्धिहरू हासिल भएको लेखमा उल्लेख गर्नुभएको छ।

इतिहास र भविष्यलाई हेर्दा चीनले दुई मुलुकको भविष्यमा पर्याप्त विश्वासका साथ अपेक्षा गर्नसकिन्छ। राष्ट्राध्यक्ष सी चिनफिङले बुँदागत रूपमा दुई पक्षीय आदानप्रदान सम्बन्धमा यसरी उल्लेख गर्नुभएको छ।

पहिलो, दुवै पक्षले आपसी समर्थन दिँदै आपसी विश्वासलाई सुदृढ पार्नुपर्ने छ।

दोस्रो, आपसी हितयुक्त सहयोगलाई गहन पार्दै विकास र समृद्ध साकार तुल्याउनु पर्छ।

तेस्रो, सुरक्षा सहयोगलाई सबल पार्ने तथा सँगसँगै चुनौती र खतराको सामना गर्नु पर्छ।

चौथो, मानव र सांस्कृतिक आदानप्रदानलाई घनिष्ठ पार्ने र जनताको मनलाई जोड्ने काम गर्नु पर्छ।

चीनले उज्वेकिस्तानसँग ऐतिहासिक मौका छोपेर राष्ट्रिय विकास र पुनरूत्थानको बाटोमा सँगसँगै अगाडि सर्ने छ।

Close
Messenger Pinterest LinkedIn