नेपाली

बेलायती राजा चार्ल्स तृतीयलाई सी चिनफिङको बधाई सन्देश

CRI2022-09-11 19:18:49

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १० तारिख बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकका लागि बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नु भएको छः चालु वर्ष चीन र बेलायत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो। दुई देशका जनताबीच आपसी समझदारी र मित्रताको अभिवृद्धि, मैत्रीपूर्ण आदानप्रदान र पारस्परिक लाभदायक सहयोगको विस्तार एवम् विश्वव्यापी विषयसूचीबारे आपसी सम्पर्कको बढावाको लागि चार्ल्स तृतीयसँगसँगै प्रयास गर्दै जाने इच्छा छ। दुई देश तथा जनताको हित कल्याणको सिर्जना लगायत विश्वको शान्ति तथा विकासका लागि योगदान दिने आशा पनि सीले आफ्नो बधाई सन्देशमा उल्लेख गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn