नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र अफ्रिकी लीगका नेता बीच शुभकामना आदानप्रदान

cri2022-09-09 10:47:12

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अफ्रिकी लीगका वर्तमान अध्यक्ष एवम् सेनेगलका राष्ट्रपति माकी साल बीच सेप्टेम्बर ९ तारिख अफ्रिकी लीग स्थापनाको २० औँ वार्षिकोत्सव र चीन तथा अफ्रिकी लीग बीच दौत्य सम्बन्ध कायम भएको २० औँ वार्षिकोत्सवको अवसरमा एक अर्कालाई शुभकामना सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले लामो समययता चीन र अफ्रिका घनिष्ट सम्बन्ध बोकेका राम्रा साथी, असल साझेदारी र दाजुभाइ रहँदै आएको भन्दै राष्ट्रपति साल र अफ्रिकी लीगका सदस्य मुलुकका अन्य राष्ट्रनायकहरूसँगै मिलेर चीन अफ्रिका बीचको मैत्रीपूर्ण सहयोगात्मक भावनाको प्रचार प्रसार गर्नुका साथै नयाँ युगमा चीन अफ्रिका भाग्यको एकरूपताको निर्माणका लागि नयाँ योगदान गर्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।

राष्ट्रपति सालले अफ्रिकाले दृढताका साथ एक चीन सिद्धान्तलाई समर्थन गर्दै जाने पनि पुनर्पुष्टी गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn