नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलालाई सन्देश

CRI2022-09-01 10:38:25

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट ३१ तारिख सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलालाई शुभकामना सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला चीनको खुलापनलाई विस्तार गर्न, सहयोगलाई गहन पार्न र नवाचारको नेतृत्व गर्ने महत्वपूर्ण मञ्च रहेको छ। जसले विश्वको सेवा व्यवसाय र सेवाको व्यापारको विकास गर्न सक्रिय योगदान दिएको छ। चीनले उच्चस्तरीय खुलापनमार्फत् उच्चस्तरीय विकासलाई बढाउनुकासाथै निरन्तर रूपमा सेवा व्यवसायमा बजार पहुँचलाई विस्तार पार्ने, सीमापार सेवा व्यापारको खुलापन स्तरलाई माथि उकास्ने, वैदेशिक खुलापन मञ्चको प्रकार्यलाई बढाउने गरी उच्च मापदण्डको सेवा व्यवसायको खुला व्यवस्था प्रणालीको निर्माण गरेको छ।

चीनले विभिन्न देशसँग साँच्चिकै बहुपक्षीयता लागू गर्नुका साथै साझा हित तथा सहिष्णु र सहयोगी तथा साझा जीत गरेर खुला तथा साझा सेवा अर्थतन्त्रलाई अगाडि बढाएर विश्व अर्थतन्त्रको पुनर्त्थानका लागि शक्ति थप्नेमा सीले जोड दिनुभएको छ।

सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला अगष्त ३१ तारिखदेखि सेप्टेम्बर ५ सम्म पैचिङमा आयोजना हुने छ। जुन चिनियाँ वाणिज्य मन्त्रालय र पैचिङ सरकारद्वारा संयुक्त रूपमा समायोजन गरिएको हो।

Close
Messenger Pinterest LinkedIn