नेपाली

सी चिनफिङको समर्थनमा कुखुरापालन गर्ने किसान राष्ट्रिय उद्यमका प्रमुख

cri2022-08-22 15:08:33

लि युङ छङ गत शताब्दीको ८० को दशकमा ह पै प्रान्तको चङतिङ जिल्लामा कुखुरापालन गर्ने प्रसिद्ध किसान हुनुहुन्छ। सन् १९८४ मा यहाँ काम गर्न आउनुभएको सी चिनफिङले लिलाई राष्ट्रिय स्वामित्वमा रहेको कुखुरा फार्ममा सम्झौता गर्न सिफारिस गर्दै प्रोत्साहन गर्नुभएको थियो।

जसबाट लिको कुखुरापालन अनुभवले राष्ट्रिय उद्यमलाई कठिनाईबाट मुक्त हुन सहयोग दिनसकिन्थ्यो। किसान लिले सीको समर्थनमा राष्ट्रिय उद्यमको प्रमुख बन्नुभएको थियो। श्रृँखलाबद्ध सुधार कदमले चङतिङ जिल्लाको स्पष्ट रूपमा परिवर्तन भएको थियो। सन् १९८५ मा यस जिल्लाको कूल औद्योगिक उत्पादन मात्रा २४ करोड चिनियाँ युआन पुगेको थियो जुन सन् १९८२ को तुलनामा दुई गुणाले बढेको थियो।

Close
Messenger Pinterest LinkedIn