नेपाली

(सुधारक नेता सी चिनफिङको कथा) बाँझो नदी बगरलाई वन र फलफूलको आधार क्षेत्रमा परिणत

cri2022-08-20 15:07:31

दुई वटा नदीहरू हपै प्रान्तीय चङतिङ जिल्ला हुँदै बग्छन् र जसबाट जम्मा गरी १३ हजार हेक्टर क्षेत्रफलको नदी मैदान बनाइएको छ। सन् १९८०को शुरूमा, त्यहाँ न रूखहरू थिए, न घाँस थिए। हावा र बालुवाबाट गम्भीर प्रकोपहरू हुने गर्थ्यो।

सन्१९८२-१९८५मा चङतिङ जिल्लामा सीले काम गर्नुभयो। त्यति बेला चीनमा सुधार तथा खुलापन भर्खरै सुरु भएको थियो। चीनको सबैभन्दा आधारभूत प्रशासनिक तह--ग्रामीण क्षेत्रमा खुला गर्ने, अर्थतन्त्रको विकास गर्ने र जनतालाई धनी बनाउने नीतिहरू व्यापक रूपमा लागू हुन सकेको थिएन र कसरी सुधार गर्ने र कसरी खुला गर्ने भन्ने बारेमा स्थानीयहरूलाई अझै पनि थाहा भएको थिएन।

सन् १९८२को अप्रिलमा, चङतिङ जिल्लामा एक महिनासम्म मात्रै काम गरिरहेका सी चिनपिङले साइकल चढेर नदीको किनारमा अनुसन्धान गर्न जानुभयो। उत्तरपश्चिमी चीनको पल्लो शान्सी प्रान्तको सुख्खा र बाँझो जमिनमा सात वर्षसम्म बसोबास गर्दै आउनुभएका सीले नदी मैदानको वैज्ञानिक विकास गरेमा राम्रो फसल हुनसक्ने विश्वास गर्नुभयो। सन् १९८३को नोभेम्बरमा आयोजित चङतिङ जिल्लाको पूर्ण बैठकमा छिटो हुर्कने र बढी उत्पादन हुने वन, सानो बयर र फलफूल आधारहरुको निर्माणलाई नदी मैदानको विकासका रूपमा निर्धारण गरियो।

गाउँलेहरूको चिन्ता हटाउनको लागि जिल्ला सरकारले प्रोत्साहन नीति पनि जारी गर्‍योः "बिरुवा रोप्नेलाई स्वतन्त्र अधिकार दिइएको छ। जे रोप्दा बढी आम्दानी हुन्छ, त्यही उब्जाउने।" साथै नदी मैदानको व्यवस्थापन अधिकारलाई घरपरिवारहरूमा दिइयो जुन ३० वर्षसम्म अपरिवर्तित रहनेछ।

कृषि उत्पादनमा अनुभवी सी चिनपिङले सुझाव पनि दिनुभयोः "केही अनुपात बमोजिम पराल, गोबर र झारलाई राम्ररी मिसाएर खाडलमा भर्नुपर्छ ताकि त्यो कुहिएपछि राम्रो जैविक मल पाउन सकिन्छ।"

छोटो समयमा नदी मैदानलाई टुक्राटुक्रामा विकास गरियो। त्यति बेला, सी चिनफिङले वैज्ञानिक र प्राविधिकहरूलाई गाउँगाउँमा पठाउनुभयो। यसो गर्दा विस्तारै पहिले बाँझो नदी मैदान आलु, तरबूजा, कपास र स्याउको उत्पादन भएर राम्रो फसल पाइयो।

चङतिङ जिल्लाबाट अन्यत्र काम गर्नुभएका सी फर्किँएर पुनः चङतिङ निरीक्षण गर्ने क्रममा स्थानीय अधिकारीहरूले सुनाए, "जति धेरै रूख रोप्यो, त्यति धेरै आम्दानी लिन सकिन्छ। हेर्नोस् न, यहाँका मानिसहरू कति जाँगरिला छन्।"

Close
Messenger Pinterest LinkedIn