नेपाली

उत्तर पूर्वी क्षेत्रको पुनरूत्थानप्रति हामी विश्वस्त छौँ: राष्ट्राध्यक्ष सी चिनफिङ

cri2022-08-17 15:27:21

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख ल्याउ निङ प्रान्तको चिन चौ शहरको तुङ हु जङ्गल पार्कको निरीक्षण भ्रमण गर्दै त्यस पार्कमा आनन्दसँग आराम गरिरहेका बासिन्दाहरूसँग सौहार्दपूर्ण कुराकानी गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरण सम्पूर्ण जनता साझा सम्पन्न हुने आधुनिकीकरण नै हो। थोरै मानिस मात्र सम्पन्न होइन, सम्पूर्ण जनता नै साझा रूपमा सम्पन्न र सँगसँगै खुसी हुनुपर्छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशन भएयता केन्द्रीय समितिले उत्तर पूर्वी पुनरूत्थान रणनीतिलाई गहन रूपमा अघि बढाउनुका साथै निरन्तर रूपमा व्यावसायिक बनौटको समन्वयलाई शिघ्र पार्दै जाने पनि उहाँले बताउनुभयो। उत्तर पूर्वको पुनरूत्थानप्रति हामी विश्वस्त छौँ भन्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn