नेपाली

“चिनियाँ राम्रो व्यक्ति”लाई राष्ट्राध्यक्ष सी चिनफिङको जवाफी पत्र

CRI2022-08-14 15:55:59

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले अगष्ट १३ तारिख आन ह्वी प्रान्तको होङ पहाड पर्यटीय क्षेत्रका कर्मचारी लि फै शङ र हु स्याउ छ्युनलाई जवाफी पत्र पठाउँदै उनीहरुलाई चिनियाँ राम्रो व्यक्ति भन्ने नमूनाको भूमिका निरन्तर निर्वाह गर्दै जाने आशा व्यक्त गर्नु भएको छ।

सन् २००८ देखि केन्द्रीय समितिको सभ्यता कार्यालयले अनलाइन " मेरो वरिपरीका असल मानिस" शीर्षकमा कार्यक्रम आयोजना गर्दै आएको छ। हालसम्म जम्मा १६ हजार २ सय २८ व्यक्ति वा समूह “चिनियाँ राम्रो व्यक्ति”का रुपमा सूचित छन्। होङ पहाड पर्यटीय क्षेत्रका कर्मचारी लि फै शङ र हु स्याउ छ्युनले वातावरण सँरक्षणको काम गरेकाले क्रमशः रुपमा सन् २०१२ र सन् २०२१ मा “चिनियाँ राम्रो व्यक्ति” बनेका छन्। हाल उनीहरुले राष्ट्राध्यक्ष सीलाई पत्र पठाउँदै सुन्दर चीनको निर्माण गर्ने अठोट व्यक्त गरेका छन्।

राष्ट्राध्यक्ष सीका अनुसार सामान्य काममा असाधारण प्रदर्शन सिर्जना गर्नु नै “चिनियाँ राम्रो व्यक्ति”को सबैभन्दा मूल्यवान भावार्थ हो। उनीहरुले नमूना भूमिका निर्वाह गर्दै वरिपरीका अझ बढी व्यक्तिहरुलाई प्रेरित गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn