नेपाली

नयाँ युगमा प्रतिभाबाट सेनालाई शक्तिशाली पार्ने रणनीतिः सी चिनफिङ

CRI2022-07-30 21:19:56

चिनियाँ जन मुक्ति सेना स्थापनाको ९५औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोले जुलाई २८ तारिख नयाँ युगमा प्रतिभाबाट सैन्य शक्तिलाई सबल पार्ने रणनीतिबारे ४१औं सामूहिक सिकाइ गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले सिकाइको अध्यक्षता गर्नुभयो। उहाँले पार्टीको केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको प्रतिनिधित्व गरेर चिनियाँ जन मुक्ति सेनाका सबै सिपाहीलाई शुभकामना दिनु भएको छ।

उहाँका अनुसार, नयाँ युगमा प्रतिभाबाट सेनालाई शक्तिशाली पार्ने रणनीति कार्यान्वयन गर्दै सैन्य कर्मचारीको क्षमता तथा गुणस्तर, संरचना, विकास तथा व्यवस्थापनको चौतर्फी रूपान्तरण र स्तरोन्नतिलाई प्रवर्द्धन गरेर उच्च गुणस्तरीय तथा पेशेवर नयाँ सैन्य प्रतिभाको तालिम गर्नु नयाँ युगमा प्रतिभाबाट सेनालाई शक्तिशाली पार्ने लक्ष्यको साकार र चिनियाँ सेनालाई विश्वको प्रथम श्रेणीको सेना निर्माण गर्नका लागि निकै महत्वपूर्ण अर्थ रहेको छ।

Close
Messenger Pinterest LinkedIn