नेपाली

सी चिनफिङ र पोल्याण्डका राष्ट्रपति डुडाबीच टेलिफोनवार्ता

CRI2022-07-29 19:44:22

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २९ तारिख दिउँसो पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चालु वर्षको शुरुमा राष्ट्रपति डुडाले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुनुभएको, दुवै जनाले मैत्रीपूर्ण आदान-प्रदान गरिएको र द्विपक्षीय सम्बन्त्रबारे महत्वपूर्ण सहमतिहरू हासिल गरिएको बताउनुभयो। चीन र पोल्याण्डको परम्परागत मित्रतालाई चीनले महत्व दिएको, पोल्याण्डलाई यूरोपमा प्राथमिक सहयोगात्मक साझेदारको रुपमा बनाएको, पोल्याण्डसँग घनिष्ठ सम्पर्क गर्ने, राजनीतिक पारस्परिक विश्वासलाई बढाउने र दुई मुलुकको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्तरलाई उकास्ने आशा लिएको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

सीकाअनुसार, चीनले पोल्याण्डको उत्तम गुणस्तरको वस्तुहरूलाई चीनको बजारमा प्रवेश गर्न स्वागत गर्नुका साथै चिनियाँ उद्योग-व्यवसायलाई पोल्याण्डमा लगानी गर्न प्रोत्साहन गरेको छ।

डुडाले चालु वर्षको फेब्रुअरी महिनामा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुँदा चीनको भ्रमण गरेको र राष्ट्राध्यक्ष सीसँग भेटघाट गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले पोल्याण्डले चीनसँग द्विपक्षीय अर्थतन्त्र तथा व्यापार, सामानको ढुवानीआदि क्षेत्रहरूको सहयोगलाई उपलब्धि हासिल गर्न अगाडि बढाउने, चिनियाँ उद्योग-व्यवसायलाई लगानी लगाउन र सहकार्य गर्न पोल्याण्डमा स्वागत गरेको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn