नेपाली

चिनियाँ विशेषतायुक्त समाजवादी महान झण्डा उठाउने: राष्ट्राध्यक्ष सी चिनफिङ

cri2022-07-29 15:09:24

प्रान्तीय तथा विभागीय तहका मुख्य नेता र अधिकृतको “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको महत्त्वपूर्ण भाषणको भावना सिकौँ, चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको स्वागत गरौँ” विषयक तालिम कक्षा जुलाई २६ देखि २७ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त कक्षालाई महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण मुलुकको निर्माण गर्न तथा दोस्रो शतवार्षिकी लक्ष्य प्राप्त गर्न नयाँ यात्रामा लाग्न आग्रह गर्नुभएको छ। साथै चिनियाँ विशेषतायुक्त समाजवादी महान झण्डा उठाउँदै दृढताका साथ चीन राष्ट्रको महान पुनरूत्थानको ऐतिहासिक प्रक्रियालाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

एकताबद्ध भएर अथक प्रयास गरी सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण मुलुकको निर्माण गर्ने नयाँ अध्याय खोल्दै जाने पनि उहाँले औँल्याउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn