नेपाली

कतै पनि अनुकूल हुने आधुनिकीकरण मापदण्ड नरहेको: राष्ट्राध्यक्ष सी चिनफिङ

cri2022-07-28 09:38:22

प्रान्तीय तथा विभागीय तहका मुख्य नेता र अधिकृतको विषयक तालिम कक्षा जुलाई २६ देखि २७ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले त्यस कक्षालाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले नयाँ चीन स्थापना विशेषत: सुधार र खुलापन लागू गरिएयताको सर्वेक्षण तथा वास्तविक आधारमा चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनमा प्राप्त सिर्जनशील प्रगतिमार्फत चीनले सफलताका साथ चिनियाँ ढाँचाको आधुनिकीकरणलाई अघि बढाउनुका साथै त्यसको विस्तार गरेको औँल्याउनुभएको छ।

विश्वमा कतै पनि अनुकूल हुने आधुनिकीकरण मापदण्ड नरहेको भन्दै राष्ट्राध्यक्ष सी चिनफिङले चीनले अपनाउँदै आएको आधुनिकीकरण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको समाजवादी आधुनिकीकरण भएको कुरामा पनि जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn