नेपाली

चिनियाँ कम्युनिष्ट पार्टीको आत्म-क्रान्ति निरन्तर चलिरहने: राष्ट्राध्यक्ष सी चिनफिङ

cri2022-07-28 09:39:52

प्रान्तीय तथा विभागीय तहका मुख्य नेता र अधिकृत विषयक तालिम कक्षा जुलाई २६ देखि २७ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले त्यस कक्षालाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी विश्वमा सबैभन्दा ठूलो मार्क्सवादी सत्तारूढ पार्टी भएकोले दीर्घकालीन प्रशासन स्थानलाई सुदृढ पार्नुपर्ने, यथावत् रूपमा जनताको हार्दिकता तथा समर्थन जित्नुपर्ने र सम्बद्ध विचारधारालाई दृढताका साथ कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।

पूर्ण र गम्भीर रूपमा पार्टीको सञ्चालन र व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको आत्म-क्रान्तिको बाटो पनि निरन्तर चलिरहने राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn