नेपाली

राष्ट्राध्यक्ष सीचिनफिङ र इन्डोनेशियाका राष्ट्रपति बीच वार्ता

CRI2022-07-26 20:13:59

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २६ तारिख दिउँसो पैचिङमा इन्डोनेशियाका राष्ट्रपति जोगो विडोडोसँग भेट-वार्ता गर्नुभएको छ। राष्ट्रानायकहरूले दुइ देशको सम्बन्ध र साझा क्षेत्रीय रुचि तथा अन्तर्राष्ट्रिय विषयबारे चौतर्फी तथा गहन रूपमा वैचारिक आदान-प्रदान गरी अनेकन महत्वपूर्ण सहमति प्राप्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, राष्ट्रपति जोगो पैचिङ हिउँदे ओलम्पिकपछि चीन भ्रमण गर्ने पहिलो विदेशी राष्ट्रानायक हुनुहुन्छ। जसबाट चीन र इन्डोनेशियाको सम्बन्धबारे दुई पक्षको उच्च महत्व देखाइएको छ। दुई देशको सम्बन्धको राम्ररी विकास दुइ देशको दीर्घकालीन फाइदासँग मिलेको मात्रै नभई क्षेत्रीय तथा विश्वव्यापी तहमा पनि सक्रिय तथा गहिरो प्रभाव पारेको पुष्टि गरिएको छ।

"जन गणतन्त्र चीन र इन्डोनेसिया गणतन्त्रका राष्ट्रानायक बीचको वार्तासम्बन्धी संयुक्त प्रेस वक्तव्य" प्रकाशित भएको छ। उहाँहरूले रेशमी मार्ग आर्थिक क्षेत्र तथा २१औं शताब्दीको सामुद्रिक रेशमी मार्गलाई संयुक्त प्रवर्द्धन गर्ने पहल, "ग्लोबल ओशन पिभोट" योजनासम्बन्धी समृति-पत्र र खोप, हरित विकास, साइबर सुरक्षा, महासागरलगायत सहयोग दस्तावेजहरूमा हस्ताक्षर गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn