नेपाली

जलडमरू युवा मञ्चमा संलग्न थाइवान युवालाई राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जवाफी चिट्ठी

CRI2022-07-13 11:50:10

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाइ ११ तारिख जलडमरू युवा मञ्चमा संलग्न थाइवान युवालाई जवाफी चिट्ठी पठाएर चीन राष्ट्रको महान पुनरूत्थान गर्ने चीन सपनालाई व्यवहारमा उतार्न जलडमरूका दुई किनारका युवालाई प्रोत्साहन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले युवा बलियो भएमा देश बलियो हुने बताउँदै मातृभूमि र राष्ट्रको भविष्य युवाको काँधमा रहेको उल्लेख गर्नुभएको छ। दुई किनारका युवाबीचको आदान-प्रदानमा अनुकूल परिस्थिति सिर्जना गर्नुका साथै मुख्यभूमिमा थाइवान युवालाई सिक्ने, रोजगार गर्ने तथा जीवन बिताउने सुविधा प्रदान गरिरहने राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

सन् २००३ मा जलडमरू युवा मञ्च स्थापना भएको थियो। जुलाइ ११ र १२ तारिख बीसौँ जलडमरू युवा मञ्च फुच्येन प्रान्तीय स्यामनमा आयोजना भएको छ।

Close
Messenger Pinterest LinkedIn