नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा जापानी पूर्व प्रधानमन्त्री सिन्जो अबेको निधनमा जापानी प्रधानमन्त्रीमार्फत् समवेदना सन्देश

CRI2022-07-09 15:51:21

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ९ तारिख जापानका पूर्व प्रधानमन्त्री सिन्जो अबेको निधन भएकोमा जापानका प्रधानमन्त्री फुमियो किशिदामार्फत् समवेदना सन्देश गर्नुभएको छ।

सी चिनफिङले चीन सरकार, चिनियाँ जनता र व्यक्तिगत रुपमा पनि पूर्व प्रधानमन्त्री सिन्जो अबेको हत्याप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै उहाँका आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ।

सीले पूर्व प्रधानमन्त्री सिन्जोको कार्यावधिमा चीन र जापानको सम्बन्धको सुधारका लागि प्रयास गर्दै योगदान दिएको स्मरण गर्नुभयो। साथै सीले प्रधानमन्त्री फुमियो किशिदासँग मिलेर चीन र जापानका चार वटा राजनीतिक दस्तावेजमा निश्चित गरिएको विभिन्न सिद्धान्तबमोजिम चीन र जापानको असल छिमेकी र मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको निरन्तर रुपमा विकास गर्ने कुरामा जोड दिनुभयो।

सोही दिन राष्ट्राध्यक्ष सीकी श्रीमती फङ ली युआनले पनि सिन्जोकी श्रीमती अकी अबेलाई समवेदना सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn