नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अल्जेरियाका राष्ट्रपतिलाई शुभकामना सन्देश

cri2022-07-05 14:59:41

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ५ तारिख प्रजातान्त्रिक जन गणतन्त्र अल्जेरियाका राष्ट्रपति अब्देल मादजिद टेबुनलाई अल्जेरियाको स्वतन्त्र क्रान्तिको ६० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश पठाउँदै बधाई ज्ञापन गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले ६० वर्षअघि अल्जेरियाली जनताहरूले कठिन संघर्षमार्फत देशको स्वतन्त्रता र जातीय मुक्तिलाई साकार तुल्याउनुका साथै अरब र अफ्रिकी जातीय मुक्ति आन्दोलनको इतिहासमा उज्यालो अध्याय लेखेको भन्दै प्रशंसा गर्नुभएको छ।

चीन अल्जेरिया सम्बन्धमा चीनले उच्च महत्व दिएको भन्दै राष्ट्राध्यक्ष सीले राष्ट्रपति टेबुनसँगै मिलेर बेल्ट एण्ड रोडको प्रारूपमा दुवै देश बीच विभिन्न क्षेत्रमा रहेका आपसी आदान प्रदान र सहकार्यलाई अघि बढाएर दुवै देश र दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको पनि बताउनुभएको छ।

सोही दिन चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि अल्जेरियाली प्रधानमन्त्रीलाई शुभकामना सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn