नेपाली

सी चिनफिङद्वारा हङकङ सेनाको निरीक्षण

cri2022-07-01 19:56:23

चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जुलाई १ तारिख विहान हङकङमा तैनाथ चीनको जन मुक्ति सेनाको निरीक्षण गरी सीपीसी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोजको तर्फबाट हङकङका सबै कमरेडलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

सी चिनफिङले हङकङ मातृभूमिमा फर्केको २५ वर्षयता हङकङमा तैनाथ सेनाले सीपीसी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको निर्णय र निर्देशनको दृढताका साथ पालना गरिरहेको छ। विशेष गरी केही वर्षयता हङकङमा जटिल स्थिति देखिएसँगै हङकङ सेनाले हङकङको सुरक्षाको संरक्षण गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

सी चिनफिङले हाल हङकङ सुरक्षित भएर विकास हुने महत्वपूर्ण अवधिमा रहेको भन्दै हङकङमा तैनाथ सेनाले देशको सुरक्षा र हङकङको दीर्घकालीन समृद्धि तथा स्थिरताको संरक्षण गर्न र हङकङमा एक देश दुई प्रणालीको अरू अभ्यास गर्न अझ ठूलो योगदान दिनुपर्ने कुरामा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn