नेपाली

सी चिनफिङद्वारा ली च्याछाउसँग भेट-वार्ता

cri2022-07-01 16:11:32

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १ तारिख विहान हङकङमा नवनिर्वाचित हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी ली च्याछाउसँग भेट-वार्ता गर्नुभएको छ।

सी चिनफिङले हङकङ विशेष प्रशासनिक क्षेत्रका छैटौँ प्रमुख कार्यकारीमा नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्नुभयो। उहाँले २५ वर्षमा एक देश दुई प्रणालीको अभ्यास होस् वा हङकङको विकास नयाँ ऐतिहासिक सुरूवातमा रहेको भन्दै व्यापक हङकङबासीले उहाँ र विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारबारे सम्पूर्ण अपेक्षा लिएको उल्लेख गर्नुभयो। उहाँ र हङकङ विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकार, हङकङको भविष्यबारे हाम्रो सम्पूर्ण विश्वास रहेको पनि सीले व्यक्त गर्नुभयो।

ली च्याछाउले राष्ट्राध्यक्ष सी चिनफिङ र केन्द्रीय सरकारको विश्वासप्रति आभार ज्ञापन गर्नुभयो। उहाँले आफ्नो काँधमा भारी जिम्मेवारी रहेको आफूले बुझेको भन्दै आफूले सकेसम्म हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको नेतृत्व गरेर नयाँ पृष्ठ लेख्ने वचन दिनुभयो।

Close
Messenger Pinterest LinkedIn