नेपाली

हङकङका युवाहरूको विकास र प्रतिभाशाली व्यक्ति बन्नका लागि थप अवसरहरू सिर्जना गर्नेः सी चिनफिङ

cri2022-07-01 11:48:50

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १ तारिख हङकङमा युवाहरूलाई हेरचाह र माया गर्ने बताउनुभएको छ। सीले युवाले विकास मौका पाउने हो भने हङकङले विकास मौका पाउने तथा युवायुवतीको भविष्य भएमा मात्र हङकङको उज्ज्वल भविष्य हुने बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले हङकङका युवायुवतीलाई अध्ययन, रोजगार, स्वरोजगारआदि वस्तुगत कठिनाइको समाधान गर्न सहयोग गर्नुपर्ने, उनीहरूको विकास तथा उपयोगी र प्रतिभाशाली व्यक्ति बन्नका लागि अवसरको सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। हङकङका हरेक युवायुवती सुन्दर हङकङको निर्माणमा संलग्न हुनसक्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn