नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हङकङ विज्ञान पार्कको निरीक्षण

cri2022-07-01 09:52:09

जुन ३० तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी ल्यामको साथमा हङकङ विज्ञान पार्कको निरीक्षण गर्नुभएको छ। सी चिनफिङले चिनियाँ विज्ञान प्रतिष्ठानका हङकङका शिक्षाविद्, चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका हङकङका शिक्षाविद्, हङकङका आविष्कार तथा वैज्ञानिक प्रविधि उद्योग-व्यवसायका प्रतिनिधिहरूसँग छलफल पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले हङकङको न्यूरो डिजेनेरेटिभ डिसअर्डर अनुसन्धान केन्द्रको निरीक्षण गर्दै विश्वको अग्रस्थानमा रहेको वैज्ञानिक तथा प्राविधिक उपलब्धिको सिर्जना गर्न प्रोत्साहन गर्नुभयो।

राष्ट्राध्यक्ष सीले हालैका वर्षहरूमा केन्द्रीय सरकारको समर्थनमा हङकङले आधारभूत अनुसन्धान, दक्ष व्यक्तिको तालिम, आविष्कार तथा वैज्ञानिक प्रविधिको विकासआदि क्षेत्रहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो।

सोही दिन दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रमती फङ लियुआनले हङकङको सी च्यौ संस्कृति क्षेत्रस्थित परम्परागत ओपेरा केन्द्रमा संस्कृति क्षेत्रको आधारभूत अवस्था र विकास प्रक्रियाको निरीक्षण गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn