नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारीसँग भेट-वार्ता

CRI2022-07-01 09:47:58

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन ३० तारिख हङकङमा मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी ह यीछङसँग भेट-वार्ता गर्नुभएको छ। ह यीछङ हङकङ मातृभूमिमा फर्केको २५ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनका लागि हङकङ पुग्नुभएको हो।

भेटवार्तामा केन्द्रीय सरकारले ह यीछङ र मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्यको सकारात्मक मूल्याङ्कन गरेको राष्ट्राध्यक्ष सीले

बताउनुभएको छ।स्थिरताका साथ प्रगति गरेर महामारीको राम्ररी नियन्त्रण तथा रोकथाम गर्नुका साथै जनताको कठिनाइको प्रभावकारी समाधान गर्ने,

अर्थतन्त्रको पुनर्त्थानलाई प्रोत्साहन गर्ने, अर्थतन्त्रको मध्यम तथा विविधतापूर्ण विकासलाई बढाउने र समाजको स्थिरताको सुरक्षा गर्ने आशा उहाँले गर्नुभएको छ।

ह यीछङले राष्ट्राध्यक्ष सीलाई धन्यवाद व्यक्त गर्दै मकाउको राम्रो विकास अवस्थालाई दृढतापूर्वक कायम राख्ने बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn