नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ रेलद्वारा हङकङ यात्रामा

cri2022-06-30 19:30:32

जुन ३० तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ हाई स्पीड ट्रेन अर्थात् तिव्र गतिको रेलद्वारा हङकङ पुग्नुभएको छ।

हङकङ हाई-स्पीड रेलवे क्वाङचौ-हङकङ हाई-स्पीड रेलवे लाइन हो। यो दक्षिणी चीनमा क्वाङचौ शहर, तुङवान शहर, शनचन शहर र हङकङ विशेष प्रशासनिक क्षेत्रलाई जोड्ने तिव्र गति रेलवे हो। हङकङ खण्ड सन् २०१० जनवरी २७ तारिखदेखि निर्माण सुरु भएर सन् २०१८ सेप्टेम्बर २३ तारिखदेखि सन्चालनमा आएको छ।

यो रेलको हङकङ खण्डको कुल लम्बाइ २६ किलोमिटर छ। हङकङबाट मुख्य भूमिका ४४ वटा स्टेशन पारे गरेपछि पुग्नसक्छ। त्यसमध्ये शनचन शहरी फुथ्यान स्टेशन पुग्न १४ मिनेट मात्र लाग्छ। जसबाट हङकङ, शनचन र क्वाङचौलाई एक घण्टाको जीवन चक्रमा एकीकृत बनाइएको छ। जसले क्वाङतुङ प्रान्त र हङकङका बासिन्दाहरूलाई व्यापार, पर्यटन, आफन्त र साथीभाइसँग भेटघाट गर्न सुविधा र सहज भएको छ।

Close
Messenger Pinterest LinkedIn