सर्वोच्च राष्ट्रिय नेता र सामान्य किसानबीचको चिट्ठी
जुन २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एक किसानलाई चिट्ठीको जवाफ फर्काउनुभयो-“चिट्ठी पाएँ। मलाई तिम्रो सम्झना छ, तिमी आनह्वी प्रान्तीय थाइह जिल्लामा खेती गर्न सक्षम मान्छे हौ।”
चिट्ठीमा उहाँले यसरी लेख्नुभयो-“म सधैँ खाद्य उत्पादनमाथि ध्यान दिने गर्छु, र विभिन्न क्षेत्रको अनुसन्धानको क्रममा प्रायः खेतीभूमिको निरीक्षण गर्छु। चिनियाँ जनताले आफ्नो थाल कचौरा आफ्नै हातमा दृढतापूर्वक राख्न र किसानहरूलाई पैसा तथा लाभ कमाएर राम्रो र सुन्दर जीवन बिताउनका लागि केही वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अन्न उत्पादनलाई समर्थन गर्न विभिन्न नीति र उपाय तर्जुमा गरेको छ।”
वास्तवमा चीनका सर्वोच्च नेता सी चिनफिङले किसानलाई चिट्ठीको जवाफ फर्काउने कुराबाट खाद्य सुरक्षामाथि दिइएको महत्व र किसानको जीवनमा दिइएको ध्यान झल्किएको छ।
खाद्य सुरक्षा र किसानको जीवनबारे राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभएको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो- हामी सबै किसान हौँ
हजारौँ हजार मामिलामध्ये खाद्य सबैभन्दा ठूलो र महत्वपूर्ण छ।
खाद्यान्न आधार हो
चीनले भातको थाल कचौरा आफ्नै हातमा राख्नुपर्छ। त्यसमा चिनियाँ खाद्य सामग्री राखिनुपर्छ।
सर्वोच्च राष्ट्रिय नेता र सामान्य किसान बीच चिट्ठी आदानप्रदान अरू देशमा सामान्य छ कि?
नेपाली साथीहरूको विचारमा अन्नपातको उत्पादन मात्रा बढाउने विषयमा कस्तो अनुदान नीति र कृषि प्रविधि उपयोगी हुन्छ?