नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र गुयानाका राष्ट्रपति अली बीच बधाई सन्देश आदानप्रदान

CRI2022-06-27 15:46:00

चीन र गुयानाबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा जुन २७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीबीच बधाई सन्देश आदानप्रदान भएको छ।

सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षमा चीन-गुयाना सम्बन्धमा ठूलो प्रगति भएको औंल्याउनुभएको छ। कोभिड–१९ महामारी भएपछि दुई देशका जनताले एक अर्कालाई सहयोग गर्दै चीन-गुयाना मित्रताको नयाँ अध्याय लेखेका छन्। दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा चीन-गुयाना सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै दुई देशका जनताको हित कल्याण सिर्जना गर्दै जाने इच्छा रहेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

सन्देशमा राष्ट्रपति अलीले अङ्ग्रेजी बोलिने क्यारिबियन क्षेत्रका अरू देशभन्दाअघि गुयानाले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दै एक चीन नीतिको दृढतापूर्वक पालना गरिरहेको उल्लेख गर्नुभएको छ। गुयाना र चीनबीचको दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर आपसी मित्रतालाई निरन्तर गहन पार्दै जान गुयाना इच्छुक रहेको पनि व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn