नेपाली

“बेल्ट एण्ड रोड” को निर्माण जनताको साझा अभिरूचि

cri2022-06-16 11:29:47

चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको विशेषतायुक्त भौगोलिक अवस्थिति रहेको छ। यो प्रदेशबाट आशियानका १० वटा मुलुककालागि ६ वटा अन्तर्राष्ट्रिय नाका खुला गरिएको छ। झण्डै १६०० किमीको स्थल-समुद्र किनार रेखामा थुप्रै बन्दरगाहहरू रहेका छन्।

सन् २०१७ को अप्रिल १९ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङ सीको पै हाई शहरमा अवस्थित थे शान सार्वजनिक बन्दरगाह पुगी त्यहाँको सञ्चालन अवस्थाको निरीक्षण गर्नुभएको थियो। त्यस क्रममा राष्ट्राध्यक्ष सीले “बेल्ट एण्ड रोड” को निर्माणकालागि समुद्री रेशमी मार्गको नयाँ अध्याय राम्रोसँग कोर्नुका साथै बन्दरगाहको निर्माण र अर्थतन्त्रलाई सबल पार्नु एउटा ज्यादै महत्वपूर्ण र आवश्यक रहेको जोड दिनुभएको थियो।

हाल क्वाङ सीले सक्रियताका साथ अझ खुलस्त र सकारात्मक प्रोत्साहन रणनीति अपनाइरहेको छ। दक्षिणतिर उन्मुख, उत्तरसँग सम्पर्क, पूर्वसित मेलमिलाप र पश्चिमसँग सहकार्य गर्ने क्वाङ सीको चौतर्फी खुलस्त विकास प्रारूप बन्दै आएको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn