नेपाली

चीनका राष्ट्राध्यक्ष र रूसका राष्ट्रपतिबीचको फोन वार्ता

cri2022-06-15 19:12:32

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन १५ तारिख दिउँसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चालु वर्षयता विश्वव्यापी परिवर्तनका सामु चीन र रुसको सम्बन्धले राम्रो विकास प्रवृति कायम राखेको छ। दुई देशको आर्थिक तथा व्यापारिक सहयोग स्थिरताका साथ अगाडि बढिरहेको छ। हैह-ब्रागोभेशचेन्स्क राजमार्ग पुल सञ्चालित भएर दुई देशको अन्तर्क्रियाका लागि नयाँ च्यानल खोलिएको छ। चीनले रूससँग द्विपक्षीय व्यावहारिक सहयोगको निरन्तर विकास गर्ने इच्छा राखेको छ। मिलेर सार्वभौमसत्ता र सुरक्षालगायत केन्द्रीय फाइदा र प्रमुख चासोका विषयमा चीनले रुससँग एकअर्कालाई समर्थन गर्ने, दुई देशबीचको रणनीतिक समन्वयलाई घनिष्ट पार्ने र संयुक्त राष्ट्र संघ, ब्रिक्सलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनमा सञ्चार र समन्वयलाई सुदृढ गर्ने इच्छा राखेको छ। जसबाट उदीयमान बजार देश र विकासोन्मुख देशको एकता तथा सहयोग र अन्तर्राष्ट्रिय व्यवस्था र विश्वव्यापी शासनलाई अझ न्यायपूर्ण र उचित दिशामा बढाउनेछन्।

राष्ट्रपति पुटिनको विचारमा राष्ट्राध्यक्ष सी चिनफिङको बलियो नेतृत्वमा चीनले उल्लेखनीय विकास उपलब्धि हासिल गरेको छ। रुसले हार्दिक बधाई व्यक्त गरेको छ। यस वर्षयता रुस र चीनबीचको व्यावहारिक सहयोग निरन्तर रूपमा विकास भएको छ। रुसले चीनबाट प्रस्तुत विश्वव्यापी सुरक्षा पहललाई समर्थन गर्नुका साथै तथाकथित सिनच्याङ, हङकङ, थाइवानलगायत नाउँबाट चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै पनि शक्तिको विरोध गर्दछ।

उहाँहरूले युक्रेन मामिलाबारे वैचारिक आदानप्रदान गर्नुभएको छ। चीनले सधैं युक्रेन मामिलाको इतिहासिक र सही-गलतबाट स्वतन्त्र रूपमा निर्णय गरेर विश्वको शान्ति तथा आर्थिक व्यवस्थाको स्थायित्वलाई सक्रिय रूपमा प्रवर्द्धन गरेको छ। युक्रेन संकटको उचित समाधानका लागि विभिन्न पक्षहरू जिम्मेवारीपूर्वक रूपमा अघि बढाउनुपर्छ। चीन निरन्तर रूपमा आफ्नो उचित भूमिका खेल्ने इच्छा सीले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn