नेपाली

‘ता कुङ पाओ’ को १२०औँ वार्षिकोत्सवलाई राष्ट्राध्यक्ष सीको बधाई सन्देश

cri2022-06-13 17:06:52

हङकङको ‘ता कुङ पाओ’ समाचारपत्रको १२० औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देश पठाउनुभएको छ।

बधाइ सन्देशमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नु भएको छ:एक शताब्दीभन्दा बढीको समयमा ‘ता कुङ पाओ’ले नयाँ चीन स्थापना, सुधार तथा खुलापन, आधुनिकीकरण निर्माण, मातृभूमिमा हङकङ समाहित भएको घटना र देशको समृद्धि एवम् स्थिरताका लागि सकारात्मक भूमिका निर्वाह गरेको छ। नयाँ युगमा प्रवेश भएपछि ‘ता कुङ पाओ’ले हङकङमा सामाजिक स्थायित्वको संरक्षण, हङकङ र मुख्य भूमिबीचको आदानप्रदानको प्रवर्द्धन र जनताको मन फिर्ता गर्ने काममा योगदान गरेको छ। ता कुङ पाओले ‘एक देश, दुई व्यवस्था’ को निरन्तर कार्यान्वयन र चिनियाँ राष्ट्रको महान् पुनरूत्थानलाई साकार तुल्याउनको लागि नयाँ पाना खोल्ने आशा पनि सीले सन्देशमा समेट्नु भएको छ।

जुन १२ तारिख दिउँसो हङकङमा ता कुङ पाओको १२०औँ वार्षिकोत्सव समारोह आयोजना गरियो र सो क्रममा राष्ट्राध्यक्ष सी चिनफिङको बधाई पत्र सुनाइएको थियो।

सन् १९०२ को जुन १७ मा स्थापित ता कुङ पाओ विश्वमा अझै पनि प्रचलनमा रहेको सबैभन्दा पुरानो चिनियाँ भाषाको अखबार हो।

Close
Messenger Pinterest LinkedIn